बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान
kendrabindu.com · Fri May 22 08:35:18 GMT 2026

बागमती । बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ ११ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ः०० बजेका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको सूचना अनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपदफा (१) बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेको उल्लेख छ । बागमती प्रदेश सरकारमन्त्री परिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ः०० बजेका लागि आह्वान गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
बागमती प्रदेश