संघीय सरकारको सुधारात्मक भावनाअनुसार मण्डनदेउपुर नगरपालिकाको सुशासनतर्फ अग्रसरता
ajakoartha.com · Fri May 22 08:15:00 GMT 2026

काठमाडौं- मण्डनदेउपुर नगरपालिका, काभ्रेपलाञ्चोकको आयोजनामा सार्वजनिक खरिद सम्बन्धी तीन दिने तालिम कार्यक्रम आजदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ । सार्वजनिक खरिद, बेरुजु फछ्र्यौट, सुशासन तथा अनुसन्धान सम्बन्धी विषयलाई केन्द्रमा राखेर सञ्चालन गरिएको उक्त तीन दिने तालिम कार्यक्रमको उद्घाटन नगर प्रमुख टोक बहादुर वाइबा तथा नगर उप–प्रमुख विष्णुमणी नेपालज्यूले संयुक्त रूपमा गरेका हुन् ।
नगर प्रमुखले नगरपालिकाहरू संघीय सरकारको सुशासन, पारदर्शिता र जवाफदेहितामुखी नयाँ नीति तथा सुधारको भावनाअनुसार अनुपालन संस्कृतिलाई संस्थागत गर्ने दिशामा अग्रसर रहेको उल्लेख गरे । उनले कानुनी व्यवस्थाको मात्र होइन अनुपालनको भावना लाई आत्मसात गर्दै वित्तीय व्यवस्थापन, खरिद प्रणाली र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेतर्फ स्थानीय तहहरू प्रतिबद्ध रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)