पासाङ दावा फेरि सगरमाथामा : कामीरितालाई पछ्याउँदै ३१ औं पटक शिखरमा
annapurnapost.com · Fri May 22 07:36:38 GMT 2026

ओखलढुङ्गा : नेपालका प्रख्यात एवं अनुभवी पर्वतारोही पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ३१ औं पटक सफल आरोहण गरेर पर्वतारोहणको इतिहासमा अर्को एउटा स्वर्णिम अध्याय थपेका छन् । जारी वसन्त ऋतुको पर्वतारोहण अन्तर्गत उनले शुक्रबार बिहान ४ः२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन् ।
टाग नेपाल ट्रेक्स एन्ड एक्सपेडिसनका अनुसार दावाको यो यसै सिजनको दोस्रो र समग्रमा ३१ औं सफल आरोहण हो । यसअघि उनले सोही सिजनको वैशाख ३१ गते (मे १४) मात्रै सगरमाथाको ३० औँ पटक सफल आरोहण गरेका थिए । ‘क्लाइम्बिङ द सेभेन समिट्स’ र ‘टाग नेपाल’ को संयुक्त व्यवस्थापनमा यो आरोहण दल सञ्चालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
कामीरिता शेर्पा