ईशान र दीपेन्द्रको दमदार ब्याटिङमा नेपालले अमेरिकालाई दियो कीर्तिमानी लक्ष्य
nepalpress.com · Fri May 22 08:04:28 GMT 2026
काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन जोड्यो। नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो। नेपालले यसअघि ओमानविरुद्ध यस मैदानमा ३१० बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)