तीनदिनदेखि तनावग्रस्त जनकपुर प्रादेशिक अस्पताल, चिकित्सकको पेनडाउन
nepalpress.com · Fri May 22 07:50:49 GMT 2026

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको जनकपुर प्रादेशिक अस्पताल तीन दिनदेखि तनावग्रस्त बनेको छ । अस्पतालमा कार्यरत चिकित्सकहरूले पेनडाउन गर्दै ओपीडी सेवा प्रभावित पारेपछि बिरामी र कुरुवाहरूले समेत विरोध प्रदर्शन गरेका छन् ।
गत ४ गते बिहान ५ बजे अस्पताल पुगेका एक सुत्केरी महिलाको शल्यक्रियापछि स्वास्थ्य अवस्था गम्भीर बनेको घटनालाई लिएर अस्पताल प्रशासन र पीडित पक्षबीच भएको सहमतिअनुसार शल्यक्रियामा संलग्न डा.धिरज साह र डा.श्रेयालक्ष्मी साहलाई अस्थायी रूपमा निलम्बन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)