भन्सार विभागको तथ्यांक : नेपालको वैदेशिक व्यापार १९ खर्ब नाघ्यो, व्यपार घाटा १४ खर्ब माथि
arthasansar.com

भन्सार विभागले चालु आर्थिक वर्ष १० महिना (साउनदेखि वैशाख मसान्तसम्म) को व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापार १९ अर्ब माथि पुगेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा नेपालका वैदेशिक व्यापार १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा वृद्धि भए पनि आयातको उच्च दबाबका कारण व्यापार घाटा भने अझै बढेको छ । समीक्षा अवधिमा विभिन्न मुलुकबाट नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्ष सोही अवधिको १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको तुलनामा १४.८२ प्रतिशतले वृद्धि हो । आयातमा देखिएको यो वृद्धि दरले आन्तरिक माग तथा उपभोग बढेको संकेत गरे पनि आयात–निर्भर संरचना अझै कमजोर रहेको स्पष्ट देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)