मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेवाग्राहीको घरमै राहदानी

barnanmedia.com · Fri May 22 07:36:56 GMT 2026

कञ्चनपुरमा सेवाग्राहीको घर ठेगानामै राहदानी पु¥याउन थालिएको छ ।

सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला हुलाक कार्यालय कञ्चनपुरले जनाएको छ । घर ठेगानामै राहदानी पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच गत वैशाख महिनामा सम्झौता भएको थियो । हुलाक कार्यालय कञ्चनपुरका प्रमुख सरोज पाण्डेयले बिहीबारदेखि सेवाग्राहीको घर आँगनमै राहदानी पु¥याउन थालिएको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय