चोलेन्द्रले बनाएका न्यायाधीशले चोलेन्द्र जोडिएको संवैधानिक नियुक्ति विवादको फैसला कसरी गर्छन् ?
barnanmedia.com · Sun Jun 15 22:25:05 GMT 2025

सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएर बसेको छ, संवैधानिक नियुक्ति विवाद । विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी र एकजना न्याय परिषद् सदस्यको नियुक्तिको वैधानमा प्रश्न उठाएर चार वर्षअघि दर्ता भएको रिटमा गत माघ ३० गतेदेखि लगातार सुनुवाइ थालिएको थियो । यसबीचमा चार जना प्रधानन्यायाधीश फेरिइसकेका छन् । प्रकाशनमासिंह राउत यही मुद्दा फैसला गरेर इतिहासमा नाम लेखाउँछु भन्दै हिँडेका छन् । तर, उनले गठन गरेको संवैधानिक इजलास यस्तो छ कि पाँचमध्ये तीन जना तिनै विवादित संवैधानिक नियुक्तिकर्तामध्येका एक चोलेन्द्रशमशेर राणाले बनाएका न्यायाधीश छन् ।
संवैधानिक इजलास गठनको प्रक्रियाअनुसार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका अलावा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र मनोजकुमार शर्मा हुनुपर्ने हो । तर, कुमार रेग्मी आफ्ना दाइ लोक सेवा आयोगको अध्यक्ष त्यही विवादित प्रक्रियाबाट नियुक्त भएका कारण हेर्न नमिल्ने भन्दै अलग्गिए । हरि फुयालले आफूले हेर्नु नपर्ने कारण नै उल्लेख नगरी पन्छिए । खासमा राउत र प्रधानले हेर्न मिल्ने तर फुयालले हेर्न नमिल्ने भन्ने तर्क कत्ति पनि संगतियुक्त थिएन । उनले गणेश रेग्मीको रिटमा आदेश गरी संवैधानिक इजलासको सुनुवाइ रोक्नका लागि आदेश गर्दा सर्वोच्चले नै आत्मसंयम गुमाएका न्यायाधीश भनेर टिप्पणी लेखिदियो । सायद त्यही आदेशबाट सातो उडेका फुयाल संवैधानिक विवादको नाम पनि सुन्दा तर्सिने अवस्थामा पुगे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)