मुख्यमन्त्रीद्वारा भक्तपुर र ख्वपः अस्पतालको अनुगमन
gorkhapatraonline.com · Fri Apr 17 17:35:24 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन गरी गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । उहाँले अस्पतालको अनुगमन गर्दै अस्पतालको नयाँ तथा पुराना भवनमा बिरामीलाई दिइरहेको सेवा र सुविधाका बारेमा जानकारी लिनुभयो ।
अस्पतालको पुरानो भवन भत्काएर सोही ठाउँमा सुविधा सम्पन्न नयाँ भवन निर्माणका लागि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको सिफारिसमा माग भएअनुसार प्रदेश मन्त्रिपरिषद्ले रु ६२ करोडको बजेट सुनिश्चित गरेको मुख्यमन्त्री बानियाँले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माणको प्रक्रिया पूरा गर्नेगरी बजेट निकासाको प्रक्रिया शीघ्र टुङ्याउने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)