दुई लाख घुससहित मालपोत कार्यालय रुपन्देहीका नायब सुब्बा पक्राउ
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
जग्गाको नयाँ श्रेस्ता कायम तथा नामसारी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा बुटवलस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले उनलाई सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बाट नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)