जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
ratopati.com · Fri Nov 29 17:22:00 GMT 2024

पोखरा । सन् २०१४ सम्म सम्पन्न गर्ने भनेर परिकल्पना गरिएको पोखराको खानेपानी शुद्धीकरण आयोजना १० वर्षपछि बल्ल पूरा भएको छ । सन् २००४ मा डिजाइन गरिएको उक्त आयोजना २०१९ मा सुरु गरिएको थियो । कोरोना सङ्क्रमण लगायत विभिन्न कारणले सम्झौता गरिएको भन्दा करिब २ वर्षपछि काम पूरा भएको हो । योसँगै पोखरेलीलाई शुद्ध पानी वितरण सुरु भएको छ ।
जापान सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको आयोजना शुक्रवार खानेपानी संस्थानलाई हस्तान्तरण गरेको हो । आयोजनाको खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरे । आयोजना निर्माणका लागि जाइकाले ४ अर्ब ८१ करोड अनुदान सहयोग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)