केपी ओलीले भने– दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि माधव नेपालले मानेनन्, अनेक बहाना खोजिरहे
nayapatrikadaily.com · Wed Jul 21 16:52:00 GMT 2021
एमाले अध्यक्ष केपी ओलीले दोस्रो अध्यक्ष बनाउन तयार हुँदासमेत वरिष्ठ नेता माधवकुमार नेपालले एकतामा इच्छा नदेखाएको बताएका छन् । केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाललाई दोस्रो अध्यक्ष बनाएर भए पनि पार्टी एकता कायम राख्न आफूले प्रयास गरेको बताएका हुन् । तर, नेपालले एकताप्रति इच्छा नदेखाएको र अनेक बहाना खोजिरहेको ओलीको आरोप छ ।
नेपालले केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेकोसमेत ओलीले बताए । आफूहरूलाई निकाल्नका लागि केन्द्रीय कमिटीमा बहुमत मागेको दाबी गर्दै ओलीले त्यस्तो हुन नदिने बताएका थिए । नेकपामा हुँदा आफूलाई बहुमतको नाममा साधारण सदस्यबाट निष्कासन गरेको ओलीले स्मरणसमेत गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)