मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जहजमा समस्या आएपछि बुद्ध एयरको जहाज काठमाण्डु फर्काइयो

kathmandupati.com · Mon Jun 15 04:44:09 GMT 2026

काठमाण्डु – काठमाण्डुबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।

सोमबार बिहान करिब ७ : ०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडानमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएपछि जहाजलाई बीचबाटै काठमाण्डु नै फर्काइएको हो।

प्राविधिक समस्या देखिएपछि जहाजलाई आपत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जहाजमा समस्या देखिएपछि काठमाण्डु फर्काएर सुरक्षित अवतरण गराइएको र अवस्था सामान्य रहेको जानकारी दिए। उनका अनुसार जहाजका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)