बिस्कुटमा रौँ भेटिएपछि उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना
ratopati.com · Fri Apr 17 19:36:19 GMT 2026

काठमाडौँ । ‘गुडलाइफ’ ब्रान्डको ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको गुनासोका आधारमा गरेको अनुगमनपछि एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि.लाई कारबाही गरिएको हो ।
विभागका अनुसार, एक उपभोक्ताले ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ परेको भन्दै उजुरी दर्ता गराएका थिए । सोही उजुरीको सम्बोधन गर्न विभाग अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले सुनसरीको दुहबीमा रहेको उद्योगको उत्पादन स्थलमा अनुगमन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)