रास्वपा पनि पुरानैको बाटोमा
annapurnapost.com · Mon Jun 15 04:38:22 GMT 2026

नेपालगन्ज : ३७ वर्ष भयो, पञ्चायती व्यवस्था ढलेको । राजतन्त्र पतन भएको पनि २१ वर्ष भयो । यति लामो राजनीतिक विरासत बोकेको व्यवस्था, संस्था र त्यसका समर्थकहरू धराशायी भए भने अरू राजनीतिक पार्टीका नहोलान् भन्न सकिन्न । पछिल्लो समय नेका, एमाले र माओवादीको हविगत त ताजै छ । उदाएलगत्तै जिल्लादेखि प्रदेशस्तरका अधिवेशनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले यो तथ्यलाई बुझ्न सकेन भने उसको भविष्य पनि लामो नहुन सक्छ । किनभने सरकार गठन भएदेखि हालसम्मको विश्लेषण गर्दा यो पार्टी पनि पुराना दल हिँडेकै पथमा हिँड्न खोजेको देखिन्छ ।
२०४८ सालपछिको मुलुकको संसदीय राजनीतिक यात्रालाई नियाल्दा राजनीतिमा देखिएको उतार–चढाव केवल निर्वाचन परिणामको परिवर्तन मात्र होइन, दलहरूको चरित्र, नेतृत्व, विचारधारा, राज्य संरचना र जनअपेक्षाबीचको द्वन्द्वको परिणाम पनि हो । जुन अहिलेको प्रमुख सत्तारूढ दल र सरकारले अपनाउन खोजेको पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)