सभामुख अर्याल भन्छन्– प्रयोगकर्तालाई थाहा नदिई विधेयक निर्माण हुनुहुन्न
onlinekhabar.com · Fri May 22 08:49:26 GMT 2026

८ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल(डीपी)ले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायक(सांसद)ले ध्यान दिनुपर्ने बताएका छन् । पूर्वसांसद मञ्च नेपालले शुक्रबार आयोजना गरेको ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा कार्यक्रममा बोल्दै सभामुख अर्यालले पुराना कानुनको संशोधन र खारेजी तथा भविष्यलाई हेरेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताएका हुन् ।
सभामुख अर्यालले विधेयकको मस्यौदा निर्माणमा भइरहेको अभ्यासले व्यावहारिकतालाई सम्बोधन गर्न नसकिरहेको दृष्टान्त सुनाए । ‘विधेयकको निर्माण कसले गरिदिन्छ, कसलाई सोधेर र कोसँग छलफल गरेर गरिन्छ ?’, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)