बाजुरा–हुम्ला सीमा विवाद : ६ बुँदे सहमतिपछि खुल्यो कर्णाली कोरिडोर
shilapatra.com · Fri May 22 08:52:00 GMT 2026

बाजुरा–हुम्ला सीमा विवादका कारण अवरुद्ध बनेको कर्णाली कोरिडोर खुलेको छ । २ देखि ४ जेठसम्म बाजुरा र हुम्लाको सीमा हिमाली गाउँपालिका–३ र खार्पुनाथ गाउँपकालिका–२ को लामपाटामा अस्थायी प्रहरी चौकी राख्ने विषयमा विवाद उत्पन्न भएको थियो ।
प्रहरी चौकी स्थापनाको विषयलाई लिएर खार्पुनाथ गाउँपालिका–२ का राय र थाली गाउँका बासिन्दाले प्रहरी चौकी निर्माणमा अवरोध गरेका थिए । राय र थाली गाउँका स्थानीयको कुटपिटबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर ३ का वडा सदस्यसहित पाँच जना घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)