मर्जरमा शेयर कारोबार रोक्का गलत
abhiyandaily.com
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार भइरहेका कम्पनीहरू एकआपसमा मर्जरमा जाँदा वा प्राप्ति प्रक्रियामा रहँदा शेयरको दोस्रो बजारमा कारोबार रोक्का गर्ने गरिएको छ । तर, यसरी लामो समयसम्म कारोबार रोक्का राख्नुपर्नेमा न चित्तबुझ्दो कारण छ न त अन्तरराष्ट्रिय अभ्यास नै । मर्जर प्रक्रियामा रहेका कम्पनीको कारोबार खुलाउनुपर्छ भनेर नियामक निकायका आधिकारिक व्यक्तिहरूले बताए पनि त्यसलाई खुलाउन भने कुनै पहल भएको छैन । अहिले १४ वटा कम्पनीहरूको कारोबार रोकिँदा पनि लगानीकर्तालाई परेको मर्काबारे सम्बद्ध निकायले चासो दिएको पाइँदैन ।
सम्पत्ति र दायित्वको मूल्यांकन गरी स्वाप रेसियो तय भइसकेका कम्पनीको हकमा कारोबार रोकेर राख्नै पर्दैन । यो कुरा थाहा पाएर पनि कारोबार खुलाउन काम नगर्नु सरोकारवालाहरूको गैरजिम्मेवारी नै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)