धनुषामा चार करोडको लागतमा निर्माण हुने भवन शिलान्यास
ratopati.com · Fri Apr 17 20:29:47 GMT 2026

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका(३ स्थित जनशक्ति माध्यमिक विद्यालयको चारतले भवन निर्माणका लागि शिलान्यास गरिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय ‘मिना’ ले शुक्रबार बटेश्वरमा आयोजित समारोहबिच उक्त भवनको शिलान्यास गरेकी हुन् ।
भवन करिब रु चार करोडको लागतमा निर्माण हुने भवन करिब दुई बिघा जग्गामा बनाइनेछ । बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महावाणिज्यदूत मिनाले भारत–नेपाल विकास साझेदारीअन्तर्गत मधेस प्रदेशमा ८९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) स्वीकृत गरिएको जानकारी दिइन्। उनका अनुसार तीमध्ये धनुषामा २१ वटा परियोजना छन् । धनुषामा निर्माणाधीन २१ विद्यालय भवनमध्ये १३ वटाको काम सम्पन्न भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)