महासंघको वरिष्ठ उपाध्यक्षमा संघईलाई समर्थन गर्दै हेमराज ढकालद्धारा उम्मेदवारी फिर्ता
corporatenepal.com · Fri May 22 08:55:10 GMT 2026

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईलाई समर्थन गर्दै अर्का प्रत्यासी हेमराज ढकालले उम्मेद्वारी फिर्ता लिएका छन् ।
उक्त पदमा हालका अध्यक्ष अन्जन श्रेष्ठ समूहबाट सुरकृष्ण वैद्य चन्द्र ढकाल समूहबाट हेमराज ढकाल र प्रवलजंग पाण्डे समूहबाट संघईले उम्मेदवारी दिएका थिए । तर ढकालले फिर्ता लिनासाथै संघई र वैद्यबीच प्रतिस्पर्धा हुने भएको छ ।
Advertisement
चन्द्र ढकालले विशेषगरी मारवाडी समुदायका व्यवसायीलाई पक्राउ गर्न भूमिका खेलेको र पक्राउपछि पनि रिहा गर्न चासो नदिएको आरोप लागिरहेको बेला सोही समूहका हेमराजले संघईलाई समर्थन गर्नु अर्थपूर्ण देखिन्छ ।
आजै हुन लागेको निर्वाचनले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ । महासंघको नवनिर्वाचित कार्यकारिणी समितिका सदस्य र प्रदेश अध्यक्षहरुले मतदान गरेर वरिष्ठ उपाध्यक्ष र अध्यक्ष चयन गर्छन । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनेमा पाँच जनाको नाम चर्चामा रहे पनि रामचन्द्र संघई, सुरकृष्ण वैद्यबीच मात्रै प्रतिस्पर्धा हुने भएको हो ।
हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएका छन् भने सोही पदका आकांक्षी किशोर प्रधान र भरत आचार्य उम्मेलपारीबाट यसअघि नै पछि हटेका छन् ।
त्यस्तै, कोषाध्यक्षमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलको उम्मेदवारी परेको छ । मनिष अन्जन समूहका हुन भने पौडेल पाण्डे समूहका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)