पोल्यान्डमा अमेरिकी सेना तैनाथ गरिने
kendrabindu.com · Fri May 22 09:25:42 GMT 2026

हेलसिङ्गबर्ग (स्विडेन) । उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नाटो) भित्र युरोपको सुरक्षा रणनीति र अमेरिकी सैन्य उपस्थितिबारे बहस तीव्र भइरहेका बेला नाटो प्रमुखले पोल्यान्डमा पाँच हजार अमेरिकी सेना तैनाथ गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणालाई स्वागत गरेका छन् ।
नाटोका महासचिव मार्क रुटले स्विडेनमा गठबन्धनका विदेशमन्त्रीहरूको बैठक सुरु हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै उक्त निर्णयलाई सकारात्मक रूपमा लिएको बताए । उनले सैन्य कमान्डरहरूले तैनाथीसम्बन्धी सबै प्राविधिक विवरणहरूमा काम गरिरहेको जानकारी पनि दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
डोनाल्ड ट्रम्प