‘प्रधानमन्त्री बालेनले नै उठाउनुपर्छ लिपुलेकको विषय, नेपाल बफर स्टेट होइन’
onlinekhabar.com · Fri May 22 09:30:57 GMT 2026

सरकारले गत चैतमा फिर्ता बोलाएका ६ राजदूतमध्ये एक हुन् , डा. शंकर शर्मा। गत हप्ता नयाँदिल्लीबाट काठमाडौं फर्किएका उनी यसअघि अमेरिकामा राजदूत थिए। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शर्मा कूटनीतिक र आर्थिक क्षेत्रमा एक अनुभवी विज्ञ हुन्।
नेपाल-भारत सम्बन्ध , सीमा विवाद , ईपीजी प्रतिवेदन र राजदूत नियुक्ति सम्बन्धी नयाँ मापदण्डका विषयमा विभिन्न बहस भइरहेका छन्। नेपालले अब आफूलाई दुई ढुङ्गा बीचको ‘ बफर स्टेट ’ मात्र भनिरहनु नपर्ने मान्यता राख्छन् उनी। भारतसँगका थाती रहेका समस्या समाधान गर्न ईपीजी प्रतिवेदन मात्र कुरेर बस्न नहुने तर्क गर्ने शर्मा सीमा र पानीका विवाद राजनीतिक तवरबाटै सुल्झाउनुपर्ने बताउँछन्। नेपालको आर्थिक कूटनीति , पर्यटन विकास र भूराजनीतिक अवस्थितिका सन्दर्भमा डा. शंकर शर्मा सँग अनलाइनखबरकर्मी सन्त गाहा मगर ले विस्तृत कुराकानी गरेका छन्। प्रस्तुत छ , संवादको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
बालेन्द्र शाह
सार्क
डोनाल्ड ट्रम्प
अखण्ड भारत
भारत
एमसीसी