बिआरआईको नयाँ ब्याख्या गरे कांग्रेस र एमालेले, अनुदान सर्त चीनले स्वीकार गर्ला ?
barnanmedia.com · Fri Nov 29 21:51:11 GMT 2024

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा निस्कनै लाग्दा सत्तारुढ दल कांग्रेस र एमालेले एउटा नयाँ प्रस्ताव अघि सारेका छन्। चीन सरकारको बेल्ड एन्ड रोड इनिसिएटिभ (बिआरआई) को ऋणमा स्वीकार गर्ने वा नगर्नेबारे कांग्रेस र एमालेबीच मतभेद बढेपछि नयाँ उपाय खोजिएको हो। चीनले बिआरआईमार्फत् ऋण लगानी बढाउँदै लगेको छ, भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी भएको ऋण पनि सोही परियोजनामार्फत् भएको बताउँदै आएको छ।
तर,कांग्रेसले ऋणका रुपमा स्वीकार नै गर्न नसकिने बताइरहेका बेला कांग्रेस र एमालेले बिआरआई सहकार्य फ्रेमवर्क’ भनेर नयाँ मस्यौदा बनाएका छन्। प्रधानमन्त्रीओलीको सोमबारदेखि हुने चीन भ्रमणका दौरान द्वीपक्षीय हस्ताक्षरको लागि प्रस्ताव गर्ने तयारी पनि नेपालको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)