३९ अर्बको बजेट ल्याउँदै कोसी सरकार
baahrakhari.com · Mon Jun 15 05:02:39 GMT 2026

विराटनगर । कोसी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८३/८४ का निम्ति आज (असार १) ३९ अर्ब रुपैयाँबराबरको बजेट सार्वजनिक गर्दै छ । आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।
चालु आर्थिक वर्षमा ३६ अर्ब दुई करोडको तुलनामा आउँदो बजेट करिब चार अर्बले ठूलो हुनेछ । बजेटमा भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र सूचना प्रविधिलाई प्राथमिकता दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)