इरानद्वारा होर्मुज जलमार्गबाहिर नयाँ ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गर्ने तयारी
kendrabindu.com · Mon Sep 07 04:19:09 GMT 2026

काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले आगामी केही दिनभित्र होर्मुज जलमार्गबाहिर नयाँ ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गरिने बताएका छन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त क्षेत्र फारसको खाडीका अन्य भूभागसम्म विस्तार गरिनेछ ।
रेजाईका अनुसार नयाँ प्रतिबन्धित क्षेत्र अमेरिकी नौसेनाले निर्धारण गरेको नाकाबन्दीको रेखाबाट सुरु भएर पर्सियन खाडीका अन्य क्षेत्रसम्म फैलिनेछ । इरानले तोकेको उक्त प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्ने जुनसुकै विदेशी जहाज वा पोतलाई इरानको आधिकारिक प्रतिबन्ध सूचीमा राखिने चेतावनी पनि दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)