राष्ट्रिय संघहरूलाई आफ्नै संगठनमा टिकाइरहने प्रयासमाआईबीए
newsofnepal.com · Sat Nov 22 16:41:37 GMT 2025
सन् २०१५ मा फ्लोइद मेवेदर र म्यानी प्याकियोबीच अमेरिकाको लस भेगासस्थित एमजिएम ग्राण्ड गार्डेन स्टेडियममा भएको प्रोफेसनल बक्सिङ खेललाई हालसम्मकै सबैभन्दा धेरै धनराशी भएको प्रोफेसनलबक्सिङ खेलको रूपमालिने गरिन्छ । उक्त एकै खेलमा करिब ६ सय मिलियन डलरको कुल कारोवार भएको विजयी खेलाडी फ्लोइड मेवेदरले करिब २ सय ५० मिलियन डलर र प्याकियोले करिब १ सय ५० मिलियन डलर पाएको बताइन्छ । यसरी प्रोफेसनलबक्सिङमाअन्तर्राष्ट्रिय रूपमै ठूला धनराशीभएको खेल हुँदै आएकामा इन्टरनेसनल बक्सिङ एसोसिएसन (आईबीए) ले पनिएमेच्योर बक्सिङमाइतिहासकै ठूलो धनराशीभएको बक्सिङ प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको छ ।
सन् २०२५ डिसेम्बर २ देखि डिसेम्बर १३ सम्म युएईको दुबईमा आयोजना हुने कुल ८.३२ मिलियन डलर बराबर पुरस्कार रकम रहेको उक्त प्रतियोगिता एमेच्योर बक्सिङ इतिहासमै सबैभन्दा धेरै नगद पुरस्कार रहेको प्रतियोगिता हुने बुझिएको छ । प्रत्येक तौल समूहमा स्वर्ण पदक जित्नेलाई ३ लाख, रजत विजेतालाई १ लाख ५० हजार,कांस्य पदकविजेता (सेमिफाइनलिस्ट) लाई ७५ हजार र क्वार्टर–फाइनलिस्टलाई १० हजार अमेरिकी डलर पुरस्कारको घोषणासँगै यस प्रतियोगिताको चर्चा अन्तर्राष्ट्रिय रूपमै चुलिएको छ । ठूलो धनराशीका साथै जितेको पुरस्कार रकम वितरण गर्ने संरचनाले यसलाई थप विशेष बनाएको देखिन्छ । यो नगद पुरस्कार खेलाडीलाई मात्र नभई प्रशिक्षक र खेल संघसमेतलाई जानेगरी समतामूलकव्यवस्थाआईबीएले गरेको छ । जसअन्तर्गत प्रदान गरिएको पुरस्कारको बक्सरलाई ५० प्रतिशत, प्रशिक्षकलाई २५ प्रतिशत र राष्ट्रिय संघहरूलाई २५ प्रतिशतदामासाहीले बाँडिने संरचनाबनाएको पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)