मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खानेपानी उपभोक्ता महासङ्घद्वारा ७ पत्रकार पुरस्कृत

ratopati.com · Fri May 22 09:38:27 GMT 2026

काठमाडौँ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले ७ जना पत्रकारहरूलाई पुरस्कृत गरेको छ ।

काठमाडौँमा शुक्रबार आयोजित महासङ्घको सातौँ वार्षिक साधारण सभामा प्रतिनिधिसभा सदस्य सुशान्त वैदिकले पत्रकारहरूलाई पुरस्कृत गरेका हुन् ।

पुरस्कृत हुनेमा रातोपाटी डटकममा कार्यरत राजेश भण्डारी, खबर बिन्दुका रोहित श्रेष्ठ, न्युज २४ टेलिभिजनमा कार्यरत नारायण पङ्गेनी, शीलापोष्ट डटकमका बटुकराज गिरी, तुल्सीपुर अनलाइनका ओपेन्द्र बस्नेत, वास खबरका पिटी लोप्चन र रातोपर्दा डटकममा कार्यरत प्रेम पुन छन् ।

खानेपानी तथा सरसफाइबारे रिपोर्टिङ गर्ने पत्रकारहरूलाई महासङ्घले नगद र प्रशंसा पत्र प्रदान गरेको छ । महासङ्घले उत्कृष्ट उपभोक्ता समिति र उत्कृष्ट कर्मचारी अजय पराजुलीलाई पनि पुरस्कार प्रदान गरेको छ ।

प्रतिनिधिसभा सदस्य वैदिकले शुक्रबार राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको साधारण सभा उद्घाटन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)