४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
nagariknews.nagariknetwork.com · Mon Jun 15 04:56:55 GMT 2026

पछिल्लो ४५ वर्षयता चतवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका २ हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ। केन्द्रका अनुसार सन् १९८१ यता विभिन्न आठ वटा नदीमा ती गोहीलाई छाडिएको हो।
केन्द्रका अनुसार यस अवधिमा राप्ती नदीमा सबैभन्दा बढी एक हजार ५६० वटा गोही छाडिएको छ। चालु आर्थिक वर्षमा मात्रै २२५ वटा गोही छाडिएको निकुञ्ज प्रशासनले जनाएको छ। जसमध्ये भाले १४ र पोथी २११ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)