अपि हिमालको सुन्दर दृश्यदेखि देश-विदेशसम्म चर्चा: प्रधानमन्त्री बालेन शाहको पोष्टपछि हिमालय भट्टको भिडियो भाइरल
barnanmedia.com · Mon Jun 15 05:04:46 GMT 2026

दार्चुला — दार्चुलाका युवा भिडियो निर्माता हिमालय भट्ट ले खिचेको अपि हिमाल क्षेत्रको मनमोहक भिडियो प्रधानमन्त्री बालेन शाह ले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेसँगै भट्टको यतिबेला देशभर चौतर्फी चर्चा र प्रशंसा भइरहेको छ।
विगत ९ वर्षदेखि आफ्नै गाउँठाउँमा बसेर क्यामराको माध्यमबाट सुदूरपश्चिमको अनुपम प्राकृतिक सौन्दर्यलाई विश्वसामु चिनाउँदै आएका भट्टको यो निरन्तर प्रयासले अहिले ठूलो सफलता र सार्थकता पाएको हो। ओझेलमा परेका पर्यटकीय क्षेत्रहरूलाई उजागर गर्ने उनको लामो समयदेखिको मिहिनेतलाई प्रधानमन्त्रीको एउटा पोष्टले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरिदिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)