मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेशः पहिचान पक्षधरसँग वार्ता गर्ने निर्णय

rajdhanidaily.com · Fri Nov 29 23:27:48 GMT 2024

इटहरी । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच बनेको दुई दलीय संयन्त्रको बैठकले पहिचान पक्षधरसँग वार्ता गरी उपयुक्त निर्णय लिने तयारी गरेको छ । कांग्रेस–एमाले दलीय संयन्त्रका नेता, कोशी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसहितको शुक्रबार बसेको बैठकले पहिचान पक्षधरसँग वार्ता गरी उपयुक्त निर्णय लिने तयारी गरेको हो ।

यसैगरी बैठकले चालु आर्थिक वर्षको बजेट संशोधन गर्नेसमेत निर्णय भएको छ । खासगरी २०८१–०८२ का लागि कोशीमा बजेट ल्याउँदा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को सरकार रहेका कारण उक्त बजेटप्रति एमाले र कांग्रेस सांसद असन्तुष्ट थिए । सरकार फेरिएपनि आफैंले ल्याएको बजेट भएका कारण संशोधन गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्की तयार थिएनन् । तर, शुक्रबारको बैठकबाट भने कार्कीले बजेट संशोधन गर्ने निष्कर्षमा पुगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)