सर्वाधिक चर्चामा रहेको ‘नेपाल प्रिमियर लिग’ आजदेखि
ratopati.com · Fri Nov 29 23:38:00 GMT 2024
काठमाडौंं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फेन्चाइज क्रिकेट आजदेखि संघीय राजधानी काठमाडौंमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ ।
स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो । खेल सुभारम्भ हुने कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानदुलही झैँ सिङ्गारिएको छ । त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)