मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

नाटकमा भूकम्पपछिका ‘अनिदा रात’

ekantipur.com · Fri Nov 29 23:51:04 GMT 2024

काठमाडौँ — जमिन थररर हल्लिन्छ । हेर्दाहेर्दै घर ढल्छ, अन्नपात पुरिन्छ । मानिसको बिचल्ली सुरु हुन्छ । साँझमा ओत लाग्ने छाप्रो हुँदैन । जसोतसो त्रिपालको जोहो हुन्छ । हिउँदको चिसो सहन हम्मे पर्छ । हावाहुरी चल्छ, बर्खा लाग्छ, महिनौं बित्छ, संकट ज्युँका त्युँ रहन्छ । सरकारले आश्वासन बाँड्छ तर नयाँ घर ठड्याउन सहयोग गर्दैन ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको कष्टप्रद अवस्थालाई शिल्पी थिएटरले नाटकमा उतारेको छ । ‘अनिदा रात’ शीर्षकको उक्त नाटक शिल्पी नाट्य यात्रा २०८१ अन्तर्गत गत भदौ २१ देखि असोज १७ सम्म भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा देखाइएको थियो । त्यही नाटकको मञ्चन शुक्रबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)