सुदूरपश्चिमका चार वटै क्षेत्रमा माओवादी पछाडि
thahakhabar.com
धनगढी : सत्तारुढ गठबन्धनमा भागबण्डाका क्रममा नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा पाएका चार वटा निर्वाचन क्षेत्रमा पछि देखिएको छ। प्रारम्भिक मतगणनाअनुसार कैलालीको २ र ३, कञ्चनपुर १ तथा बैतडीमा माओवादी केन्द्रका उम्मेदवार पछि परेका छन्।
प्राप्त नतिजाअनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर २ र ३ मा माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टीलाई पछ्याइरहेको छ भने कञ्चनपुर १ र बैतडीमा नेकपा एमालेलाई पछ्याइरहेको छ। कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले सुरुवाती अग्रता लिएका छन्। पाँच सय मतको गणनामा चौधरीले २८१ मत प्राप्त गरेका छन्। उनलाई माओवादी केन्द्रका भगत बडुवालले ९४ मतसहित पछ्याइरहेका छन् भने एमालेका झपट रावलले ६९ मत पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)