घरमै दूध बिक्न थालेपछि किसान उत्साहित
ratopati.com · Fri May 22 09:52:59 GMT 2026

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै पुगेर दूध सङ्कलन गर्न थालेपछि यहाँका किसान उत्साहित भएका छन् । किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित हुनुका साथै अनुदान पनि प्राप्त गर्ने भएका छन् ।
सहकारी संस्थाले घरघरबाटै सङ्कलन गर्ने दूधको मासिक भुक्तानीसँगै नगर कार्यपालिकाको कार्यालयले प्रतिलिटर दुई रूपैयाँ अनुदान दिएपछि किसान मख्ख छन् । “दूधका लागि पशुपालन गर्न घाँस र चरनको सुविधा भए पनि बजार सुनिश्चित नहुँदा हैरानी थियो”, बर्दिबास–३ कालापानीका किसान बालकिशोर रायमाझीले भने, “अब त नगर कार्यपालिकाको कार्यालयकै रोहबरमा संस्थाले दूध लिने व्यवस्था भयो, यसले धेरै सजिलो भएको छ ।” संस्थाले गत वैशाखको तेस्रो सातादेखि घरघरमै पुगेर दूध सङ्कलन थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)