कृषिमन्त्री चौधरीसँग राजदूत पुजोलकाे भेटवार्ता, के–के भयाे कुराकानी ?
shilapatra.com · Fri May 22 09:48:00 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोलले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा शुक्रबार भएको भेटवार्ता उनीहरूबीच कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेसन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा द्विपक्षीय सहकार्य विस्तारका विविध विषयमा छलफल भएको थियो ।
भेटका क्रममा राजदूत पुजोलले सन् २०२७ मा हुने संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक पदको निर्वाचनमा नेपाल सरकारको सकारात्मक समर्थन अपेक्षा गरिएको बताए । साे सम्बन्धमा मन्त्री चौधरीले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अघि बढाइने जानकारी दिएकाे मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)