मुक्तिनाथ विकास बैंकद्वारा जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने प्रारम्भिक सम्झौता
lokaantar.com

मुक्तिनाथ विकास बैंक लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडबीच प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा तीन वटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन् ।
वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसायको विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ती प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ । प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्राप्ती सम्बन्धी आवश्यक विस्तृत अध्ययन, मूल्याङ्कन, सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण, शेयर आदान–प्रदान सम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)