रवीन्द्र मिश्रलाई मिलन पाण्डेको जवाफ : ढुक्क हुनुहोस् देशले प्रतिगमन स्वीकार्दैन
nayapatrikadaily.com · Wed Jul 28 17:27:00 GMT 2021
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले देशले फेरी प्रतिगमन नस्वीकार्ने बताएका छन्। पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने दस्तावेज सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन्।
पाण्डेले आफूलाई धेरै अब पार्टी कसरी अगाडि बढ्छ भनेर सोधेको बताउँदै सामाजिक संजालमा भनेका छन्, 'यो पार्टीको स्थापना कालदेखिको मर्म र आशालाई समेटेर पार्टीलाई कसरी सफल बनाउने र प्रोग्रेसिभ बनाउने स्पष्ट नीति र कार्यक्रमसहितको दस्तावेज आउनेछ, अब केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्छ। ढुक्क हुनुहोस्, पार्टीले अनी देशले प्रतिगमन स्वीकार्ने छैन। फेरी देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन। समाजलाई विभाजित गर्ने छैन।'
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)