सहसचिव पन्थ सचिवमा बढुवा, लुम्बिनी प्रदेश प्रमुख सचिवको जिम्मेवारी
nepalpress.com · Fri Sep 13 16:38:57 UTC 2024
काठमाडौं । सरकारले सहसचिव महादेव पन्थलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारको कायममुकायम (कामु) प्रदेश सचिव रहेका सहसचिव पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिवमा बढुवा भएसँगै उनले प्रमुख सचिवको जिम्मेवारी स्वत पाएका छन् ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि डा.कमलप्रसाद पोखरेल, महादेव पन्थ र रघुराम विष्टको नाम सिफारिस गरेको थियो । जसमध्ये दोस्रो नम्बरमा सिफारिस पन्थलाई सचिवमा बढुवा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)