तिलोत्तमामा दुर्घटनामा परी एक जनाको मृत्यु
ekantipur.com · Fri Sep 13 17:05:25 UTC 2024
तिलोत्तमा — रुपन्देहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ शंकरपुरचोकमा 'छोटा हात्ती' गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका एक जनाको मृत्यु भएको हो ।
शुक्रबार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५२ प ९५६० नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ च १९८२ नम्बरको छोटा हात्तीले पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका तिलोत्तमा–७ सेमरा बजारका ६८ वर्षीय तेजबहादुर गुरुङको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)