मुक्तिनाथ विकास बैंकमा जानकी फाइनान्स र सिन्धु विकास बैंक गाभिँदै
corporatenepal.com · Mon Sep 07 04:36:04 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ। दुवै वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा मुक्तिनाथ विकास बैंकले प्रारम्भिक सम्झौता गरेको हो। बैंकका कम्पनी सचिव डण्डपानी ढकालका अनुसार दुवै संस्थाका प्रतिनिधिबीच प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ।
प्राप्ति प्रक्रियालाई अघि बढाउन बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्दै सम्बन्धित आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गर्न अनुरोध गरेको छ। नेपाल धितोपत्र बोर्डबाट जारी ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गर्न अनुरोध गरिएको कम्पनी सचिव ढकालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)