मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने
bishowkhabar.com · Mon Sep 07 04:44:46 GMT 2026

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ ।
तीनवटै संस्थाका सम्बन्धित प्रतिनिधिहरूले प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ति प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)