‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० रुपैयाँको नोट’
kendrabindu.com · Fri May 22 10:00:29 GMT 2026

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई स्थानीय तहलाई ‘कफी–हब’का रुपमा विकसित गरिँदै आइएको छ । कृषकलाई आकर्षित एवं प्रोत्साहित गर्न केही वर्षदेखि ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’को कार्यक्रमलाई निरन्तरतासमेत दिइएको छ । यो कार्यक्रमले कृषकले बिरुवा रोप्न खोल्डो खनेकोमा रु २० तथा प्रतिकिलो बिक्री दरमा गाउँपालिकाले रु ३५ सम्म अनुदान दिने गरिएको हो ।
किसानलाई कफीखेतीतर्फ आकर्षित गर्न र स्वदेशमै कफीखेतीको विस्तार गर्न जिल्लाको विकट क्षेत्र मानिएको महाभारत र खानीखोला गाउँपालिकाले कफीखेतीलाई प्रोत्साहन गर्दै आएका हुन् । महाभारतले एक बोट कफीको बिरुवा रोपेवापत रु २० दिने अभियान सुरु गरेको छ भने कफीखेतीमा आकर्षित गर्न खानीखोलाले ‘जसको उत्पादन उसैलाई अनुदान’ भन्ने कार्यक्रम ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)