सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
ratopati.com · Fri Jun 05 08:27:16 GMT 2026

काठमाडौँ । सडक विभाग अन्तर्गतको सडक डिभिजन सुर्खेतले सुर्खेत–जुम्ला सडक खण्डमा पर्ने दही खोलामा पुल निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ । डिभिजनले डिजाइन एन्ड बिल्ड विधिबाट सो पुल निर्माण गर्न योग्य बोलपत्रदाताहरूबाट विद्युतीय बोलपत्र आह्वान गरेको हो ।
दैलेख जिल्लामा पर्ने सुर्खेत–जुम्ला सडकको चेनेज १३२+००० मा पर्ने दही खोलामा पुल निर्माणका लागि यो ठेक्का आह्वान गरिएको डिभिजन कार्यालयले जनाएको छ ।
सडक डिभिजन सुर्खेतका अनुसार पहिलो पटक २०८३ जेठ २२ गते प्रकाशित यस सूचना बमोजिम इच्छुक बिडरहरूले आगामी २०८३ असार १२ गते(२६ जुन २०२६) मध्यान्ह १२:०० बजेभित्र विद्युतीय प्रणालीमार्फत बोलपत्र पेस गरिसक्नुपर्नेछ। प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो १:०० बजे खोलिने कार्यतालिका रहेको छ ।
इच्छुक कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मार्फत बोलपत्र सम्बन्धी थप विस्तृत विवरण हेर्न र आवेदन दर्ता गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)