उत्कृष्ट किसान र सहकारीलाई सम्मान गरिँदै
gorkhapatraonline.com · Fri Jun 05 08:30:48 GMT 2026

पछिल्लो समय युवा पुस्तामा वैदेशिक रोजगारीतर्फ आकर्षण बढिरहेका बेला तनहुँको बन्दीपुर गाउँपालिकाले स्थानीय स्तरमै कृषि क्रान्ति ल्याउन र किसानलाई व्यावसायिक बनाउन विशेष रणनीति अख्तियार गरेको छ ।
गाउँपालिकाले कृषि पेसालाई मर्यादित र आत्मनिर्भर बनाउने उद्देश्यले चालु आर्थिक वर्ष २०८२–८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत जिल्लामै पहिलो पटक उत्कृष्ट कृषक, कृषि समूह तथा कृषि सहकारीलाई नगदसहित विशेष सम्मान गर्ने प्रक्रिया अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं