दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री काठमाडौं आउँदै
lokaantar.com

अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर आगामी साता काठमाडौं आउने भएका छन् ।
बालेन शाह नेतृत्वमा नयाँ सरकार बनेपछि उनी काठमाडौं आउन लागेका हुन् ।
कपुर सोमबार काठमाडौंमा ओर्लने छन् । काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरूलाई पनि भेट्ने तयारी छ ।
वाशिङ्टन डीसीस्थित नेपाली दूतावासका एक कूटनीतिज्ञ र परराष्ट्र मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै द काठमाडौं पोष्टले लेखेअनुसार कपुरको काठमाडौं भ्रमण तीन दिनको हुनेछ ।
समाचारमा लेखिएअनुसार कपुर वाशिङ्टनबाट टर्किस एयरलाइन्समार्फत काठमाडौं आउने र बुधबार सोही विमानमार्फत फर्किने छन् ।
यद्यपि यो भ्रमणको औपचारिक घोषणा भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)