सप्तरीको सकरपुरामा आगलागी, चार घर जले
ekantipur.com · Sun Mar 09 16:52:59 GMT 2025
राजविराज — सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-३ सकरपुरामा आइतबार राति ८ बजेतिर आगलागी भएको छ । आगलागीबाट स्थानीय नथुनी यादवको दुई, लखन मुखियाको एक र गोकर्ण मुखियाको तीन वटा कोठा भएका एक घर गरी चार वटा घर जलेको छ ।
आगलागीमा परी नथुनी यादवको एक खसी र एक बाख्रासमेत जलेर मरेका वडाध्यक्ष रमेश मुखियाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)