विपत् व्यवस्थापन सिकाउँदै राष्ट्रिय सेवा दल
gorkhapatraonline.com · Mon Sep 07 04:57:32 GMT 2026

वराहक्षेत्र, भदौ २२ गते । विद्यालय तहको पढाइसँगै विद्यार्थीलाई अनुशासित, जिम्मेवार र असल नागरिकका रूपमा विकास गर्ने उद्देश्यले पूर्वी नेपालका विद्यालयमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सञ्चालन हुँदै आएको छ । नेपाली सेनाले राष्ट्रिय सेवा दलमार्फत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई जुनियर र सिनियर डिभिजन अन्तर्गत तालिम दिँदै आएको हो ।
तालिममा विद्यार्थीलाई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, समय व्यवस्थापन, आत्मरक्षा, विपत् व्यवस्थापन तथा सामाजिक जिम्मेवारीलगायतका विषयमा व्यावहारिक ज्ञान र सिप प्रदान गरिँदै आएको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय केराबारी, मोरङका शिक्षा अधिकृत तथा प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठले बताउनुभयो । नेपाल सरकारको नीति तथा मापदण्ड अनुसार सञ्चालन हुँदै आएको तालिमले विद्यार्थीको व्यक्तिगत विकाससँगै नेतृत्व क्षमता र सामूहिक रूपमा काम गर्ने सिप विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)