सांसदहरूले संसद्मा उठाएका विषयहरू बेवारिसे भए : दंगाल
ratopati.com · Fri May 22 10:21:12 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सांसदहरूले संसद्मा उठाएका जनसरोकारका विषय तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
नेता दंगालले संसद बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन संसद्मा उपस्थित नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीहरू प्रति आक्रोश समेत व्यक्त गरे । सरकारले हालसम्म पनि सांसदहरूले उठाएका विषयहरूलाई सम्बोधन नगरी बेवारिसे अवस्थामा राखेको उनको जिकिर थियो । नेता दंगालले सांसदहरूले उठाएका जनताका काम र मुद्दाहरूको कार्यान्वयनमा केन्द्रित हुन सरकारलाई सचेत गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)