हुलाकमार्फत २१० जनालाई राहदानी
gorkhapatraonline.com · Fri May 22 10:21:11 GMT 2026

गुल्मीमा हुलाक कार्यालयमार्फत चार स्थानीय तहका २१० जनालाई राहदानी वितरण गरिएको छ। यस जिल्लामा हालसम्म रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, गुल्मीदरबार गाउँपालिका र कालिगण्डकी गाउँपालिकामा सो सङ्ख्यामा राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला हुलाक कार्यालयका प्रमुख खेतबहादुर खत्रीका अनुसार हालसम्म रेसुङ्गा नगरपालिकामा ५१ जना, मुसिकोट नगरपालिकामा १३२ जना, गुल्मीदरबार गाउँपालिकामा छ जना र कालिगण्डकी गाउँपालिकामा २१ जनालाई घरमै पुगेर राहदानी वितरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)