नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित
ajakoartha.com · Mon Jun 15 05:46:00 GMT 2026

काठमाडौं- नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल पुनः निर्वाचित भएका छन् । भक्तपुरस्थित होटल घ्याम्पेडाँडामा सम्पन्न अधिवेशनले अच्युतराज खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको १९औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशनबाट नयाँ कार्यसमितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत रूपमा चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा ढुवानी व्यवसायको विकास, व्यवसायीका हकहित संरक्षण तथा क्षेत्रका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।